एनसेलले कर बुझायो

काठमाण्डु टुडे २०७६ पुष १५ गते १५:३४ मा प्रकाशित

काठमाण्डु , १५ पुस- निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ कर बुझाएको छ ।

आगामी ६ महिनाभित्र सबै कर तिर्ने गरी किस्ताबन्दी सुविधा माग गर्दै ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर बुझाएको हो ।
ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा पत्राचार गरेको थियो । सरकारलाई एनसेलले अझै १८ अर्ब १० करोड रुपैयाँ तिर्न बाँकी छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us