काजोलले लगाइन् सैफलाई धोका दिएको आरोप

काठमाण्डु टुडे २०७६ पुष १४ गते १९:१८ मा प्रकाशित

एजेन्सी– बलिउड अभिनेत्री काजोलले एक ट्विट गर्दै अभिनेता सैफ अलि खानलाई धोका दिएको आरोप लगाएकी छिन् । उनको यो ट्विट निकै भाइरल भइरहेको छ ।

काजोलले योसँगै एउटा तस्वीर पनि सामाजिक सन्जालमा सेयर गरेकी छिन् । त्यो हो– सैफ र अजय देवगणको फोटो ।

उनले लेखेकी छिन्, ‘तपाईंले मलाई ओमकारामा धोका दिनु भयो, अब प्रमोसनको समयमा पनि धोका दिइरहनु भएको छ ।’ त्यसपछि सैफ अलि खानलाई स्विट्जरल्यान्डमा पढ्नुहोला भन्ने पनि उनले लेखेकी छिन् ।

काजोलको यो ट्विटमाथि निकै ठूलो बहस भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us