आज सुनचाँदीको भाउ

काठमाण्डु टुडे २०७६ पुष १४ गते १२:०१ मा प्रकाशित

काठमाण्डु , १४ पुस – आज पनि सुनको भाउ स्थिर रहेको छ ।

शुक्रबार तोलामा ७३ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि उही मूल्यमा कारोबार भएको छ । चार दिन यता सुनको भाउ स्थिर रहेको हो । यता चाँदीको मूल्य भने घटबड भइरहेको छ । शुक्रबार तोलामा ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ८८५ रुपैयाँमा कारोबार भयो ।

यस्तै सोमबार फेरि ८९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएकाे  छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us