विवाहअघि यी नायिकाहरुसँग प्रेमसम्बन्धमा थिए अजय देवगन

काठमाण्डु टुडे २०७६ पुष १३ गते १३:०५ मा प्रकाशित

एजेन्सी – बलिउडका चर्चित अभिनेता हुन् अजय देवगन । सन् १९९१ मा फिल्म ‘फूल और कांटे’ बाट बलिउडमा डेब्यु गरेका अजयले हालसम्म धेरै हिट फिल्म खेलिसकेका छन् । हरेक फिल्ममा फरक अवतारमा देखिने अजय कहिले फिल्म त कहिले पुराना प्रेम कहानीका कारण चर्चामा आउने गर्छन् ।

धेरैलाई चासो हुन सक्छ, अभिनेता अजय विवाह गर्नु अघि को सँग प्रेममा थिए । अभिनेत्री काजोललाई विवाह गर्नु अघि अजय केहि नायिकासँग प्रेममा रहेका थिए । विवाह अघि अजयको नाम धेहि नायिकाहरु संग जोडिएको थियो । कुनै समय अभिनेता अजयको नाम नायिका करिश्मा कपूरसंग पनि जोडिन्थ्यो ।

करिष्माले अजयसँग धेरै फिल्ममा अभिनय गरेकी छिन् । अभियकै क्रममा यी दुइबीच प्रेमसम्बन्ध रहेको हल्ला चल्ने गर्थ्यो । त्यस्तै अर्की अभिनेत्री तब्बूले पनि अजयसँग विवाह गर्ने सोच बनाएकी थिइन् । तब्बू र अजयको प्रेमसम्बन्धको पनि लामो समय हल्ला चलेको थियो ।

त्यस्तै रवीना र अजय बीच पनि प्रेमसम्बन्ध थियो । अजयसँग विवाह गर्ने सपना देखेकी रविनालाई तब्बु कै कारण छोडेका थिए । अहिले सम्म तब्बुको भने विवाह भएको छैन । पछिल्लो समय भने अजय काजोलसँग नै पारिवारीक जीवन बिताइरहेका छन् ।

सन् २०२० को जनवरी २० मा उनको १००औं फिल्म तानाजी स् द अनसंग वारियर रिलिज हुने तयारीमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us