
मुम्बइ – बलिउड सुपरस्टार सलमान खानले आज आफ्नो ५४ औं जन्मदिनमा बहिनी अर्पिताबाट भान्जी उपहार पाएका छन् ।
उनकी बहिनी अर्पिताले आजै छोरीलाई जन्म दिएकी छिन् । अब अर्को वर्षदेखि सलमानको मात्र होइन त्यही दिन उनकी भान्जीको पनि जन्मदिन मनाइनेछ ।
यी छोरी अर्पिताकी दोस्रो सन्तान हुन् । यसअघि उनका एक छोरा छन् । उनका छोराको नाम आहिल शर्मा हो । सलमान र आहिल पनि निकै नजिक छन् । केही दिनअघि सलमानले आफ्नो जन्मदिन योजनाबारे कुरा गर्दै भनेका थिए ‘मेरो जन्मदिनमा कुनै विशेष योजना छैन ।
मेरी बहिनी गर्भवती छिन् र म सबै समय उनलाई दिन्छु ।’ आज सलमानलाई जन्मदिनमा धेरै उपहारहरु आए होलान् तर बहिनी अर्पिताले दिएको जत्तिको मूल्यवान उपहार अरु कुनै नभएकोमा दुई मत छैन ।