उखुको मूल्य निर्धारण

काठमाण्डु टुडे २०७६ पुष १० गते १६:३४ मा प्रकाशित

काठमाण्डु , १० पुस – सरकारले न्यूनतम लागत, ढुवानी, मुनाफा र अनुदान समेत गरेर उखुको खरिद मूल्य तोकेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उखुको खरिद मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकिएको हाे ।
न्यूनतम लागत, ढुवानी, मुनाफा र अनुदान समेत गरेर चालु आर्थिक वर्षका लागि यो मूल्य निर्धारण गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us