यस्तो छ आजको सुनचाँदीको भाउ

काठमाण्डु टुडे २०७६ पुष १० गते १३:२१ मा प्रकाशित

काठमाण्डु , १० पुस — आज सुनको भाउ स्थिर रहेको छ । लगातार बढेको सुनको भाउ आज भने स्थिर रहेको हो ।

आज छापावाल सुन प्रतितोला ७२ हजार ८ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । तथा तेजावी सुन ७२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ।
आइतबार ५ तथा सोमबार र मंगलबार १० रुपैयाँ बढेको भाउ आज बिहीबार पनि ५ रुपैयाँ बढेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us