३० करोड आइफोन ह्याक

काठमाण्डु टुडे २०७६ पुष १० गते १२:५८ मा प्रकाशित

एजेन्सी–२२ वर्षीय एक ह्याकरलाई अमेरिकी कम्पनी एप्पलसँग फिरौती मागेर ब्लाकमेल गर्नु निकै महँगो सावित भएको छ ।

ती ह्याकरले ३० करोड आइफोन ह्याक गरी आइक्लाउड अकाउन्टका डाटा हात पारेका थिए । त्यसपछि उनले ती आइफोनहरूका सम्पूर्ण डाटा डिलिट गरिदिने अर्थात् फ्याक्ट्री रिसेट गरिदिने भन्दै धम्की दिएर फिरौती मागेका थिए ।

टर्किस क्राइम फेमिलीनामक ह्याकिङ्ग ग्रुपका सदस्य केरेम अलबायरक करोडौँ आइफोन रिसेट गरिदिने भन्दै एप्पलसँग क्रिप्टोकरेन्सीका रुपमा ७५ हजार डलर वा १ लाख डलर बराबरको आइट्यून्स गिफ्ट कार्ड फिरौती मागेका थिए ।

ह्याकरको फिरौती मागका विषयमा एप्पलले अमेरिकाको कानून प्रवर्तन एजेन्सी तथा नेसनल क्राइम एजेन्सीमा उजुरी गरेको थियो । अन्ततः सन् २०१७ मा ती युवक उत्तरी लण्डनस्थित आफ्नै घरबाट पक्राउ परे ।

उनीसँग केही स्मार्टफोन, कम्प्युटर र हार्ड ड्राइभ बरामद गरिएको थियो । लण्डनस्थित साउथवार्क क्राउन कोर्टले अलबायरकलाई हालै २ वर्षको जेल र ३ सय घण्टा निःशुल्क श्रमदान गर्नुपर्ने फैसला सुनायो । साथै अदालतले उनलाई ६ महिनाको इलेक्ट्रोनिक्स कफ्र्युको पनि आदेश गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us