काठमाण्डु , १० पुस —नेपाल राष्ट्र बैंकले बिहीबार (पुस १०) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा रहेको छ । 
यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ १९ पैसा र बिक्रीदर १२६ रुपैयाँ ८५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३३ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४९ पैसा र बिक्रीदर २७ रुपैयाँ ६४ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः