काठमाण्डु , ९ पुस — हिजो देखि बढेको सुनको भाउ आज पनि बढेको छ ।
आज तोलामा रु. ६ सयले बढको हाे । हिजो ७२ हजार २ सयमा कारोवार भएको सुनको भाउ आज बढेर प्रतितोला ७२ हजार ८ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै, आज तेजावी सुन तोलाको ७२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला आठ सय ८५ रुपैयाँ पुगेको छ ।