बढ्यो सबै विदेशी मुद्राको भाउ

काठमाण्डु टुडे २०७६ पुष ९ गते १०:५१ मा प्रकाशित

काठमाण्डु , ९ पुस — आज सबै विदेशी मुद्राको भाउ बढेको छ ।

युके पाउण्डको भाउ भने घटेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७३ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ३३ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ १९ पैसा र बिक्रिदर १४७ रुपैयाँ ९६ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४७ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४० पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६४ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ८० पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ७७ पैसा रहेको छ।बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ २३ पैसा रहेको छ।यस्तो छ सबै देशको विनिमयदर तालिका:

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us