काठमाण्डु,७पुस–साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।
आइतबार १.१७ अंकले मात्रै बढेको नेप्से परिसूचक सोमबार भने १७.७७ अंकले बढेर ११६८.५८ बिन्दुमा पुगेको छ ।
कुल १७७ वटा कम्पनीको १७ लाख ५४ हजार कित्ता शेयर ५९ करोड ५७ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ ।
यस दिन परिसूचकसँगै कारोबार शेयर संख्या र कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा उच्च अंकले बढेको छ । आज कारोबारमा आएका सबै समूह बढेका छन् ।