आजको विदेशी विनिमय दर

काठमाण्डु टुडे २०७६ पुष ३ गते ११:१४ मा प्रकाशित

काठमाण्डु ,३ पुस— आज (बिहीबार) कतारी रियालसहित केही देशको विनिमयदर सामान्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २६ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ८६ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ३९ पैसा र बिक्रिदर १४९ रुपैयाँ १७ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३६ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २७ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५१ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ २४ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ २२ पैसा रहेको छ ।बहराईन दिनार एकको खरिददर ३ सय रुपैया ३८ पैसा तथा बिक्रिदर ३ सय १ रुपैयाँ ९८ पैसा रहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us