नेप्सेमा गिरावट

काठमाण्डु टुडे २०७६ पुष २ गते १५:२९ मा प्रकाशित

काठमाण्डु , २ पुस — साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक सामान्य घटेको छ ।

आइतबार ४.७८ अंक र सोमबार १३.७५ अंकले घटेरको नेप्से मंगलबार १.२६ अंकले वृद्धि भएको थियो । तर, बुधबार ३.३० अंकले घट्दा परिसूचक ११५२.०७ बिन्दुमा झरेको छ ।
कुल १६५ वटा कम्पनीको ९ लाख ४७ हजारभन्दा बढी कित्ता शेयर २९ करोड ४७ रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन परिसूचक घटे पनि कारोबार रकम र शेयर संख्या भने अघिल्लो दिनको तुलनामा बढेको छ । आज कारोबारमा आएका सबैमध्ये व्यापार, विकास बैंक र अन्य समूहबाहेक सबै समूह घटेका छन् ।
आज पनि एनएमबि बैंकको शेयर कारोबार सबैभन्दा धेरै अर्थात ४ करोड ९० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन बुटवल पावर कम्पनी, नेपाल फाइनन्स, दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । तर, नेपाल सेवा लघुवित्त कम्पनीका लगानीकर्ताले भने आज सबैभन्दा धेरै गुमाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us