काठमाण्डु, २ पुस — एन आई सी एशिया बैंक लिमिटेडको चमत्कारिक बचत खाता योजना अन्तर्गत १८ प्रकारका घातक रोग लमगेमा बैंकले ग्राहकलाई १५ लाख बीमा रकम प्रदान गर्ने भएको छ ।
यो योजना अन्तर्गत अर्घाखाँचीका बुद्धि राम भुसाललाई बैंकले बीमा रकम वापतको १५ लाख बराबरको चेक हस्तान्तरण गरेको हो । चमत्कारिक बचत (डाइमण्ड) खातावाल अर्घाखाँची जिल्ला, अर्घा गाविस वडा नं २ निवासी बुद्धि राम भुसाललाई क्यान्सर रोग लागेको र उक्त खाता अन्तर्गत क्यान्सर लगायतका १८ घातक रोग लागेका खातावालहरुलाई रोग पहिचान हुने बित्तिकै प्रदान गरिने बीमा वापतको रकम रु. १५ लाखको चेक निज खातावालका छोरा मनोज भुसालज्यूलाई बैंकको केन्द्रीय कार्यालय थापाथलीमा आयोजित एक समारोहका बीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले हस्तान्तरण गरेको छ ।
आम सर्वसाधारणले विभिन्न घातक रोगहरुको उपचारका लागि उठाउनुपर्ने आर्थिक भार वहन गर्न सघाउ पु-याउने हेतुले बैंकले विभिन्न निक्षेप खाताहरु खोल्दा नै विभिन्न घातक रोगहरुको बीमा सुविधा लगायत अन्य विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ ।
बैंकले मुलुकभर ३११ शाखा कार्यालयहरु, ४०४ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।