नेप्सेमा झिनो सुधार

काठमाण्डु टुडे २०७६ पुष १ गते १५:२३ मा प्रकाशित

काठमाण्डु , १ पुस — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अंकले वृद्धि भएको छ । सोमबार १३.७५ अंकले घटेरको नेप्से मंगलबार १.२६ अंकले वृद्धि हुँदा परिसूचक ११५५.३७ बिन्दुमा पुगेको छ ।
कुल १६७ वटा कम्पनीको ८ लाख ४० हजारभन्दा बढी कित्ता शेयर २७ करोड ९२ रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन परिसूचक बढे पनि कारोबार रकम र शेयर संख्या भने अघिल्लो दिनको तुलनामा भारी मात्राले घटेको छ । आज कारोबारमा आएका सबैमध्ये बैकिङ, होटल, वित्त र उत्पादन समूह घटेका छन् । बाँकी सबै समूह बढेका छन् ।
आज पनि एनएमबि बैंकको शेयर कारोबार सबैभन्दा धेरै अर्थात ३ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन नेपाल फाइनन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । तर, हिजो धेरै कमाएका दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने आज सबैभन्दा धेरै गुमाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us