आजको विदेशी विनिमय दर

काठमाण्डु टुडे २०७६ मंसिर ३० गते ११:५६ मा प्रकाशित

काठमाण्डु ,३० मंसिर -नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ०० पैसा र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ५९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३९ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३३ पैसा र बिक्रीदर २७ रुपैयाँ ४८ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०४ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us