काठमाण्डु,२२मंसिर–साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो सुधार भएको छ ।
कारोबार शुरु भएपछि केही सुधार देखिए पनि आधा घण्टापछिबाट नेप्से ओरालो लागेको थियो ।
तर, कारोबार बन्द हुनुभन्दा आधा घण्टा अघि फेरि नेप्से सुधार हुँदै जाँदा अन्ततः आइतबार नेप्से ३.४५ अंकले बढेर परिसूचक ११३५.३७ बिन्दुमा पुगेको छ ।