सुनको मूल्य पाँच सयले घट्यो

काठमाण्डु टुडे २०७६ मंसिर २२ गते १२:१३ मा प्रकाशित

काठमाण्डु,२२मंसिर–नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ ।

शुक्रबार प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको सुन आज पाँच सयले घटेर ७१ हजार २ सय प्रतितोलामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us