काठमाण्डु,२०मंसिर–पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट भइरहेको छ ।
बुधबार र बिहीबार लगातार ओरालो लागेको सुनको मूल्य साताको अन्तिम दिन आज पनि प्रतितोला रु ३०० ले गिरावट भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार ७०० तोकेको छ ।
बिहीबार छापावाला सुन प्रतितोला रु ७२ हजारमा खरिदबिक्री भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ४०० निर्धारण गरिएको छ ।
बिहीबार तेजाबी सुन प्रतितोला रु ७१ हजार ७०० मा कारोबार भएको थियो ।