नेप्सेमा सुधार

काठमाण्डु टुडे २०७६ मंसिर १९ गते १६:५४ मा प्रकाशित

काठमाण्डु,१९मंसिर–पछिल्ला तीन दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा निरन्तर सुधार हुन थालेको छ । बिहीबार नेप्से ७.४५ अंकले बढेर परिसूचक ११३१.९२ बिन्दुमा पुगेको छ ।

कुल १६८ वटा कम्पनीको १० लाख ९५ हजारभन्दा बढी कित्ता शेयर ३५ करोड ८८ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन परिसूचकसँगै कारोबार रकम शेयर संख्यामा पनि सुधार आएको छ ।

आज कारोबारमा आएक समूहमध्ये उत्पादन समूहबाहेक सबै समूह बढेका छन् । आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार सबैभन्दा धेरै अर्थात ३ करोड ५१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस कम्पनीको शेयर बुधबार पनि उच्च कारोबार भएको थियो ।

आज सम्मुन्नत माइक्रो फाइनन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयरमूल्य ७.७८ प्रतिशतले बढेको छ । समग्र परिसूचक बढेको दिन दिव्यश्वरी हाइड्रोपावर कम्पनीको लगानीकर्ताले भने गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य प्रतिशतभन्दा बढी प्रतिशतले घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us