नेप्सेमा सुधार

काठमाण्डु टुडे २०७६ मंसिर १८ गते १७:३० मा प्रकाशित

काठमाण्डु,१८मंसिर–नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा क्रमशः सुधार हुन थालेको छ । बुधबार नेप्से ८.७३ अंकले बढेर परिसूचक ११२४.४७ बिन्दुमा पुगेको छ ।

कुल १६९ वटा कम्पनीको ९ लाख ९० हजारभन्दा बढी कित्ता शेयर ३० करोड ८२ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका सबै समूह बढेका छन् । आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार सबैभन्दा धेरै अर्थात २ करोड ८२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज प्रभु इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयरमूल्य ९.५० प्रतिशतले बढेको छ । समग्र परिसूचक बढेको दिन बरुण हाइड्रोपावर कम्पनीको लगानीकर्ताले भने गुमाएका छन् । यस कम्पनीको शेयर मूलय करिब आठ प्रतिशतले घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us