नेप्सेमा सुधार

काठमाण्डु टुडे २०७६ मंसिर १७ गते १५:४४ मा प्रकाशित

काठमाण्डु , १७ मंसिर- मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.७५ अंकले बढेर १११५.७४ बिन्दुमा पुगेको छ ।
आज नेप्से कुल १७२ वटा कम्पनीको १० लाख १० हजारभन्दा बढी कित्ता शेयर २६ करोड ६८ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन कारोबारमा आएका समूहमध्ये व्यापार, विकास बैंक, वित्त र अन्य समूहबाहेक सबै समूह बढेका छन् । आज सिद्धार्थ बैंकको संस्थापक शेयर कारोबार सबैभन्दा धेरै अर्थात २ करोड ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज घोडीघोडा माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । तर, साल्ट ट्रेडिङ कम्पनीको लगानीकर्ताले भने गुमाएका छन् । यस कम्पनीको शेयर मूलय साढे ५ प्रतिशतले घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us