बढ्ने भयोे मारुती कारको मूल्य !

काठमाण्डु टुडे २०७६ मंसिर १७ गते १४:०९ मा प्रकाशित

एजेन्सी – सन् २०२०देखि भारतमा मारुती कारको मूल्य बढ्ने भएको छ ।

पछिल्लो एक वर्षमा कारको कच्चा पदार्थको मूल्य वृद्धि भएका कारण भारतको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी मारुती सुजुकीले सन् २०२० देखि आफ्नो कारको मूल्य बढाउने भएको हो ।
कम्पनी अहिले नै कुन मोडलको मूल्य कति हुने भनेर नखुलाए पनि मोडल अनुसार कारको मूल्य वृद्धि हुने बताइएको छ । भारतमा देखिएको आर्थिक मन्दीका बीचमा कारको विक्रि कमभइरहेको बेलामा कारको मूल्य वृद्धिले विक्रेताहरुलाई अप्ठ्यारो पर्न सक्ने बताएका छन् । भारतमा अक्टोबरमा २.३ प्रतिशतले कारको विक्रिमा वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ । सेम्टेम्बरमा ३.३ प्रतिशतले अटो क्षेत्रको विक्रिमा गिरावट आएको थियो ।
यता नेपालमा पनि अटो क्षेत्रको विक्रिमा सुस्त देखिएको छ । नेपालमा राम्रो बजार रहेको मारुती सुजुकीको भारतमा मुल्य वृद्धिसँग नेपालमा पनि यसको असर पर्ने अटो क्षेत्रका व्यावसायी बताउँछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us