काठमाण्डु , १६ मंसिर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.८६ अंकले घट्दा परिसूचक ११११.९९ बिन्दुमा झरेको छ । 
आज नेप्से कुल १६४ वटा कम्पनीको ८ लाख २६ हजारभन्दा बढी कित्ता शेयर २३ करोड २२ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन कारोबारमा आएका समूहमध्ये बैंकिङ, व्यापार, जलविद्युत् समूहबाहेक सबै समूह घटेका छन् । आज एनएमबि बैंकको शेयर कारोबार सबैभन्दा धेरै अर्थात १ करोड ९३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज नेसनल माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । तर, अरुण काबेली पावर कम्पनीको साढे ६ प्रतिशतले शेयर मूल्य घटेको छ ।