काठमाण्डु , १६ मंसिर -साताको दोस्रो दिन नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।
आज छापावाल सुन प्रतितोला ७१ हजार ४ सय तथा तेजावी सुन ७१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार छापावाल सुन प्रतितोला ७१ हजार ६ सय तथा तेजावी सुन ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज बजारमा सुनको भाउसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।