काठमाण्डु,१५मंसिर–साताको पहिलो दिन दिन नेपाल स्टक एक्सचेन्ज( नेप्से) परिसूचकमा झिनो सुधार भएको छ ।
अघिल्ला साता ४.६७ अंकले घटेर १ हजार १ सय १२ दशमलव ७९ बिन्दुमा झरेको परिसूचक आज शुन्य दशमलव ०७ अंकले बढेर १ हजार १ सय १२ दशमलव ८५ अंकमा थामिएको छ ।
कुल १६१ वटा कम्पनीको ६ लाख ७५ हजार ३८ कित्ता शेयर शेयर किनबेच हुँदा २० करोड ६३ लाख १४ हजार तीन सय २३ रुपैयाँको कारोबार भएको छ ।