एकै दिनमा यति सम्म बढ्यो डलरकोे भाउ

काठमाण्डु टुडे २०७६ मंसिर १५ गते ११:४९ मा प्रकाशित

काठमाण्डु १५ मंसिर- साताको पहिलो दिन सबै विदेशी मुद्राको भाउ बढेको  छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ०९ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ७३ पैसा र बिक्रिदर १४८ रुपैयाँ ५० पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६९ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६१ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५६ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७६ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर ३ सय ७८ रुपैयाँ ४७ पैसा रहेको छ ।बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ६५ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ २४ पैसा रहेको छ।यस्तो छ सबै देशको विनिमयदर तालिका

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us