बढ्यो सुनको भाउ

काठमाण्डु टुडे २०७६ मंसिर १३ गते ११:४५ मा प्रकाशित

काठमाण्डु , १३ मंसिर – आज (शुक्रबार) सुन तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ७१ हजार तीन सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ७१ हजार रुपैयाँमामा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला आठ सय ५५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us