ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखा सञ्चालनमा

काठमाण्डु टुडे २०७६ मंसिर १२ गते १५:५८ मा प्रकाशित

काठमाण्डु,१२मंसिर–ग्लोबल आइएमई बैंकले बुधबार दिपायल सिलगढी नगरपालिका वडा नं. ४, पिपल्ला बजार, डोटी, भिमेश्वर नगरपालिका वडा नं. २, चरिकोट, दोलखा र सिद्धार्थनगर नगरपालिका वडा नं. १, भैरहवा, रुपन्देहीस्थित विशेष औद्योगिक क्षेत्र परिसरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

तीन नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १५३ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउदै आएको छ ।

बैंकले १५३ वटा शाखा, ३१ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटिएम तथा १९५ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना ११ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us