काठमाण्डु , १२ मंसिर — साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा गिरावट आएको छ । आज नेप्से ४.६७ अंकले घट्दा परिसूचक १११२.७९ बिन्दुमा झरेको छ ।
कुल १६६ वटा कम्पनीको १२ लाख ७१ हजारभन्दा बढी कित्ता शेयर २४ करोड ३३ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । परिसूचक घटे पनि आज कारोबार रकम र संख्या भने अघिल्लो दिनभन्दा बढेको छ । यस दिन कारोबारमा आएका समूहमध्ये निर्जीवन बीमा समूहबाहेक सबै समूह घटेका छन् । आज हिमालयन डिस्ट्रिलरीको शेयर कारोबार सबैभन्दा धेरै अर्थात ३ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज माउन्टेन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयरमूल्य ५।२६ प्रतिशतले बढेको छ ।
अघिल्लो साता दैनिक उच्च नाफा गरेका साल्ट ट्रेडिङ कम्पनीका लगानीकर्ताले भने हिजोआज सबैभन्दा धेरै गुमाएका छन् । आज यस कम्पनीको करिब ६ प्रतिशतले शेयर मूल्य घटेको छ ।