काठमाण्डु , १० मंसिर — आज मंगलबार सुनको भाउ घटेको छ ।
हिजो प्रतितोला ७१ हजार ६ सयमा कारोवार भएको सुनको भाउ आज तोलामा ४ सयले घटेर प्रतितोला ७१ हजार २ मा कारोवार भइरहेको छ ।
त्यस्तै, हिजो ७१ हजार ३ सयमा कारोवार भएको तेजावी सुन आज ७० हजार ९ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
आज चाँदीमा रु. ५ रुपैंयाले घटेर प्रतीतोला ८ सय ५० मा कारोवार भएको छ ।