अहिले सम्मकै उच्च प्याजको मुल्य

काठमाण्डु टुडे २०७६ मंसिर ९ गते १६:४६ मा प्रकाशित

काठमाण्डु , ९ मंसिर— भारतबाट आयात रोकिएकाले बजारमा प्याजको भाउ आकाशिएको छ ।
मंसिर १ मा औसत खुद्रा मूल्य १ सय ७५ रुपैयाँ रहेको प्याज सोमबार १ सय ९५ रुपैयाँ कायम भएको छ । सोहीकारण प्याजको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार प्याजको खुद्रा मूल्य १ सय ९५ रुपैयाँ प्रतिकिलो निर्धारण भएको छ । तर, उपत्यकाका अन्य साना बजार र पसलबाट बिक्री हुने प्याजको भाउ प्रतिकिलो दुई सयभन्दा बढी छ । शुक्रबार र शनिबार मात्र कालिमाटी बजारमा प्रतिकिलो १ सय ८५ रुपैयाँमा प्याज बिक्री भएको थियो । तर, सोमबार बिहानबाट प्रतिकिलो १० बढेको छ । व्यवसायीका अनुसार भारतबाट वैद्यानिक माध्यमबाट आयात अति नै न्यून छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us