घट्यो सुनको भाउ

काठमाण्डु टुडे २०७६ मंसिर ५ गते १२:०२ मा प्रकाशित

काठमाण्डु , ५ मंसिर —मंसिर लागेसँगै उकालोको सुन आज घटेको छ ।

सुन आज तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ७२ हजार रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ७२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला आठ सय ६० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us