काठमाण्डु , ४ मंसिर — साताको चौथों दिन पनि सुनको भाउ बढेको छ ।
हिजो प्रतितोला ७२ हजारमा कारोवार भएको सुन आज रु.१ सय रुपैंयाले बढेर प्रतितोला ७२ हजार १ सय रुपैंयामन कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै , हिजो ७१ हजार ७ सय रुपैंयामा कारोवार भएको तेजावी सुन आज १ सयले बढेर प्रतितोला ७१ हजार ८ सय रुपैंयामा कारोवार भएको छ ।
यसैगरी , चाँदीको भाउमा पनि रु. ५ रुपैंयाले बडेर प्रतितोला ८ सय ६५ रुपैंयामा कारोवार भइरहेको छ ।