अमेरिकी डलरको भाउ

काठमाण्डु टुडे २०७६ मंसिर २ गते १०:५३ मा प्रकाशित

काठमाण्डु २ मंसिर —सोमबार नेपाल राष्ट्र बैंकले जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२७ रुपैयाँ २७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५७ पैसा रहेको छ ।

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५८ पैसा र बिक्रीदर २७ रुपैयाँ ७३ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us