साताको पहिलो दिनको नेप्से यस्तो

काठमाण्डु टुडे २०७६ मंसिर १ गते १५:२८ मा प्रकाशित

काठमाण्डु , १ मंसिर— साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ४.५९ अंकले घटेर ११३१.३६ बिन्दुमा झरेको छ ।

कुल १६३ वटा कम्पनीको ११ लाख ६७ हजारभन्दा बढी कित्ता शेयर ३५ करोड ५१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । परिसूचक घटे पनि आज कारोबार रकम र संख्या भने अघिल्लो दिनभन्दा बढेको छ । आज कारोबारमा आएका समूहमध्ये अन्य र व्यापार समूहबाहेक बाँकी सबै समूह घटेका छन् । आज शिवम् सिमेन्टको कारोबार सबैभन्दा धेरै अर्थात ४ करोड ४३ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ ।

अघिल्ला दिनमा जस्तै आइतबार पनि साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य आज करिब १० प्रतिशतले बढेको छ । पछिल्ला केही दिनयता यस कम्पनीको शेयर मूल्यमा व्यापक वृद्धि हुँदै आएको छ । कारोबार रकम उच्च भए पनि शिवम् सिमेन्टका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us