आकासियो सुनको भाउ

काठमाण्डु टुडे २०७६ कार्तिक २८ गते १२:१९ मा प्रकाशित

काठमाण्डु , २८ कात्तिक –  मंसिर आएसँगै सुनचाँदीको भाउ अकासिएको छ ।

बुधबार प्रतितोला ७१ हजार ४ सय रुपैंयामा कारोवार भएको सुन आज बिहिबार तोलामै ६ सयले बढेर प्रतितोला ७२ हजारमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै तेजावी सुन पनि तोलामै ६ सयले बढेर ७१ हजार ७ रुपैंयामा कारोवार भइरहेको छ ।

यसैगरी चाँदीमा १० रुपैंयाले बढेर प्रतितोला ८ सय ६० रुपैंयामा कारोवार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us