
एजेन्सी – प्रियंका चोपडा तथा निक जोनासले २० मिलियन अमेरिकी डलर खर्चेर अमेरिकाको लस एन्जल्समा निकै महँगो घर किनेका छन्।भारु एक सय ४४ करोड मुल्य बराबरको उक्त्त घर २० हजार स्क्वायर फुटमा फैलिएको छ ।
प्रियंकाको यस घरमा सात वटा सुत्ने कोठाको साथमा ११ वटा वाथरूम र पर्याप्त खुल्ला स्थान रहेको छ।सन् २०१८ मा विवाह गरेका निक र प्रियंकाको कमाइ क्रमशः २५ र २८ मिलियन डलर रहेको छ।