अजय देवगनको चलचित्र ‘मैदान’ चार भाषामा रिजिल हुने

काठमाण्डु टुडे २०७६ कार्तिक २६ गते १७:०५ मा प्रकाशित

एजेन्सी– आफ्नो ३० वर्ष लामो बलिउड करिअरमा अभिनेता अजय देवगन पहिलो पटक बहुभाषी चलचित्र बनाउँदै छन्।

अजयको आगामी चलचित्र ‘मैदान’ हिन्दी भाषाका साथै तमिल, तेलुगु र मलयालम भाषामा पनि रिलिज हुनेछ।
सन् १९५० देखि सन् १९६३ सम्म भारतीय फुटबल टीमको कोच रहेका सैयद अब्दुल रहीमको जीवनमा आधारित चलचित्र हिन्दीका साथै तमिल, तेलुगु र मलयालम भाषामा पनि रिलिज गर्ने निर्णय लिइएको हो।

अमित रविन्द्रनाथ शर्माको निर्देशन रहने चलचित्रको शुटिङ उत्तरप्रदेशको लखनऊमा भइरहेको छ। निर्देशक शर्मा भारतीय दर्शकलाई सैयद अब्दुलको योगदानको बारेमा भारतीय दर्शकलाई जानकारी दिन चाहन्छन्।

अब्दुलको प्रशिक्षणमा भारतीय फुटबल टीम सन् १९५१ र १९६२ मा एशियन गेम्सको विजेता बनेको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us