नेप्से ओरालो लाग्यो

काठमाण्डु टुडे २०७६ कार्तिक २६ गते १५:४४ मा प्रकाशित

काठमाण्डु,२६कात्तिकसोमबारको कारोबारमा दोहोरो अंकले बढेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक मंगलबार भने घटेको छ ।

यस दिन नेप्से ५.६१ अंकले घटेर ११३९.९६ बिन्दुमा झरेको छ ।

सोमबार कुल १६१ वटा कम्पनीको १० लाख ८२ वटाभन्दा बढी कित्ता शेयर ३७ करोड ९८ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको छ ।

आज कारोबार रकम, परिसूचकसँगै कारोबार संख्या पनि अघिल्लो दिनभन्दा कम हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us