
काठमाण्डु , २६ कात्तिक- महानायको उपाधि पाएका राजेश हमालको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार हमालको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो । रेनु विष्टको आवाजमा रहेको ‘मैले चोट खाँदा’ बोलको गीतमा राजेशलाई फिचर गरिएको छ । भिडियोलाई शिव बिकले निर्देशन गरेका छन् ।
केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो । उक्त गीतले युट्युबमा २० लाख बढि भ्युज पाएको छ ।
यस्तै, केही दिन अगाडि मात्र रिलिज भएको ‘आमाको आशु’ बोलको म्युजिक भिडियोमा हमाललाई देख्न सकिन्छ । विरही कार्कीको यो गीतमा राजेशसँगै सविन बास्तोला, लक्ष्मी गिरी, अन्जलीअधिकारीले पनि अभिनय गरेका छन् ।हमाल अहिले म्यूजिक भिडियो, महोत्सव र विदेशमा हुने कार्यक्रममा व्यस्त बनेका छन् ।
चलचित्रमा अभिनय गर्नका लागि सय पटक सोच्ने हमाल म्यूजिक भिडियोमा भने महंगो पारिश्रमिक लिएर खेलिरहेका छन् ।