
एजेन्सी–अनुष्का शर्मा र उनका श्रीमान विराट कोहली अहिले छुट्टी मनाउने क्रममा भुटानमा छन् ।
उनीहरुले भुटानको एउटा गाउँमा गाईका बाच्छा बाच्छीसंग रमाईरहेको तस्विर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
एउटा तस्विर, जहाँ विराटको छेउमा बसेकी अनुष्काले गाईको बाच्छीलाई मुसारिरहेकी छिन् । सोही तस्विर इन्स्टाग्रामवाट सार्वजनिक भयो । एक घण्टामा उक्त तस्विर पाँचलाख बढीले लाइक गरे ।
अनुश्का पछिल्लो पटक हिन्दी फिल्म ‘जिरो’ मा देखिएकी थिइन् । उक्त फिल्ममा अनुश्काको साथै शाहरुख खान र कट्रिना कैफले पनि अभिनय गरेकी थिइन् ।