काठमाण्डु , २५ कात्तिक – साताको दोस्रो दिन आज सोमबार पनि सुनको भाउले आकाश छोएको छ ।
हिजो प्रतितोला ७१ हजार रुपैंयामा कारोवार भएको छापावाल सुन आज तोलामा रु. २ सयले बढेर प्रतीतोला ७१ हजार २ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै , तेजावी सुनको भाउ पनि २ सयले बढेको छ । आज प्रतितोला ७० हजार ९ सय रुपैंयामा कारोवार भइरहेको छ । यसैगरी चाँदीमा पनि रु. ५ बढेर प्रतितोला ८ सय ४५ मा कारोवार भइरहेको छ ।