
एजेन्सी– ८ मे २०१८ मा बलिउड अभिनेत्री सोनम कपुरले दिल्लीका व्यवसायी आनन्द आहूजासँग विवाह गरिन् ।
विवाह गरेको १४ महिना पछि पहिलो पटक एक अन्तर्वार्तामा सोनमले आफ्नो र आनन्दको सम्बन्धबारे खुलेर कुरा गरेकी छ।
सोनमले त्यो अन्तर्वार्तामा भनेकी छिन्, ‘मलाई त साथीहरुले आनन्दको साथीसँग डेट जाने कुरा गरेका थिए । तर, यहीबीच मेरो र आनन्दको भेट भयो । म त्यति बेला प्रेम रतन धन पायो फिल्मको प्रमोसनमा व्यस्त थिएँ ।’
‘खासमा मलाई विवाहमा कुनै विश्वास थिएन,’ उनले भनेकी छिन्, ‘आनन्दले मलाई उनको साथीसँग भेटाएका थिए । तर, उनी त मेरो भाइ हर्षजस्तै थिए, उस्तै देखिने । उस्तै बानी । मैले त्यही कारणले उनीसँग डेट गर्न अस्वीकार गरिदिएँ ।’
सोनमले आफूलाई आनन्दले राती साढे २ बजे एउटा सन्देश पठाएको पन बताएकी छिन् । ‘एक दिन मेरो फेसबुकमा आनन्दको फ्रेन्ड रिक्वेस्ट आयो,’ सोनमले भनेकी छिन्, ‘अनि मेसेज आयो, त्यो आनन्दको थियो ।’