सुनको मूल्य उकालो लाग्नुको कारण यस्तो

काठमाण्डु टुडे २०७६ कार्तिक २५ गते १०:१९ मा प्रकाशित

काठमाण्डु,२५कात्तिक–पछिल्लो समय ओरालो लागेको सुनको मूल्य पुनः उकालो लागेको छ। सरकारले सुनचाँदीमा भन्सार दर बढाएसँगै बजारमा सुनको मूल्य बढ्न गएको हो।

नेपालबाट सुनचाँदी भारतमा गएको आशंकामा सरकारले भन्सार दर वृद्धि गरेको थियो।
अर्थ मन्त्रालयका अनुसार सुनमा प्रति १० ग्राम ५ हजार रुपैयाँ भन्सार बढाएर ६ हजार ५ सय रुपैयाँ भन्सार पुर्याएको छ।
गत शुक्रबार ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार एकै दिन तोलामा १ हजार १ सय बढेर प्रतितोला ७१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us