
मुम्बई – बलिउडमा एक्सन हिरोका रुपमा लोकप्रिय रहेका अभिनेता अक्षय कुमार फिल्म ‘सूर्यवंशी’ को शूटिङका क्रममा घाइते भएका छन् ।
रोहित सेट्टीको निर्देशनमा बनिरहेको फिल्मको एक दृश्य छायांकनका क्रममा अक्षय कुमारको हातमा चोट लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।मिडियाका अनुसार उनका खुट्टाको गोलीगाँठो र हातमा चोट लागेको हो । चोट लागे पनि अक्षय कुमारले भने शूटिङ जारी राखेका थिए ।
अक्षय कुमारले खतरनाक स्टन्ट दिने गर्छन् । यस वर्ष मात्र अक्षयका ४ फिल्म रिलिज हुँदैछन् ।तीमध्ये ३ फिल्म रिलिज भइसकेका छन् । केसरी, मिसन मंगल र हाउसफूल ४ तीनै फिल्मले सफलता पाए । यसै वर्ष उनको गुड न्युज नामक फिल्म पनि रिलिज हुँदैछ ।
अक्षय कुमार सामाजिक कार्यमा पनि व्यस्त रहँदै आएका छन् ।