तोलामै एघार सयले बढ्यो सुन

काठमाण्डु टुडे २०७६ कार्तिक २४ गते १३:०७ मा प्रकाशित

काठमाण्डु , २४ कात्तिक-  साताको पहिलो दिन सुनचाँदीको भाउ उच्च रहेको छ ।

आज तोलामै ११ सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर ७१ हजार रुपैंयामा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै, आज चाँदी पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला आठ सय ४० रुपैयाँ पुगेको छ । चाँदी शुक्रबार प्रतितोला आठ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । त्यसै गरि तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैंयामा कारोवार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us