काठमाण्डु,२२कात्तिक–साताको छैटौ दिन शुक्रबार सुनको मूल्यमा गिरावट भएको छ ।
साताको पाँचौ दिन बिहिबार सुनको मूल्यमा बृद्धि भएपनि
शुक्रबार पुनः मूल्यमा गिरावट आएको हो ।
आइतबारबाट निरन्तर ओरालो लागेको सुनको मुल्य बिहीबार उकालो लागेको भएपनि शुक्रबार पुनः ओरालो लागेको हो ।
शुक्रबार छापावाल सुन ६९ हजार नौ सयमा कारोबार भैरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला ७० हजार छ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजाबी सुन प्रतितोला ६९ हजार छ सयमा कारोबार भैरहेको छ ।