म्यानचेष्टर युनाईटेड युरोपा लिग फुटबलको नकआउट चरणमा

काठमाण्डु टुडे २०७६ कार्तिक २२ गते ११:२६ मा प्रकाशित

एजेन्सी – म्यानचेष्टर युनाईटेड युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको समूह एलको खेलमा पार्टिजन बेलग्रेडलाई तीन शुन्यले हराउदै युनाईटेड अन्तिम ३२ मा पुगेको हो ।
युनाईटेडका लागि मासन ग्रिनउड, एन्थोनी मार्सियल र मार्कुस रासफोर्डले गोल गरे । समूह एलमा शीर्ष स्थानको युनाईटेड ४ खेलबाट १० अंक जोडेको छ । उसले तेस्रो स्थानको पार्टिजन बेलग्रेडसंग ६ अंकको अग्रता लिएको छ । लिगमा अब युनाइटेडले दुई खेल खेल्न बाँकी छ ।
यही समूहको अर्को खेलमा एजे अल्कामारले एफसी एस्तानालाई उसकै मैदानमा पाँच–शुन्यको फराकिलो जित निकाल्दै नकआउट चराण्मा पुग्ने सम्भावना बलियो बनाएको छ । समूहमा बाँकी दुई मध्ये एक खेलमा जित हात पारेपनि अल्कामार युरोपा लिगको नकआउट चरणमा प्रवेश गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us